बुढानिलकण्ठ नगरपालिका प्रमुख : को को छन राप्रपाका सम्भावित दावेदारहरु ?
कपन अनलाइन
काठमाण्डौ , चैत्र २३।
२०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिए संगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बुढानिलकण्ठ नगरपालिकाको प्रमुख पदमा दावेदारी गर्ने नेताहरुको कसरत र दौडधुप बढेको छ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठमा कुनै पनि पदमा नजितेको राप्रपा अहिले आक्रामक संगठन विस्तारको अभियानमा रहेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फ बाट धेरै जनाले प्रमुख पदमा इच्छा व्यक्त गरेपनि अहिले पाँच जना नेताहरुको चर्चा व्यापक बन्दै गएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी तर्फबाट नगर प्रमुख पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।
१. ठाकुर प्रसाद पौडेल
२०७ओ सालमा भएको प्रतिनिधि सभाको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ४ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका ठाकुर प्रसाद पौडेल आसन्न स्थानीय तहको निर्वाचन राप्रपाका तर्फ बाट नगर प्रमुख पदका सम्भावित दावेदारका रुपमा रहेका छन।
कपन जगडोल निवासी पौडेल लामो समय देखि राजनीति संगै विकास निर्माण र सामाजिक विकासको अभियानमा सक्रिय रहेका छन ।
२. नबिन कुमार खड्का
राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाण्डौ क्षेत्र नं ५ का अध्यक्ष नबिन कुमार खड्का पनि आसन्न स्थानीय तहको निर्वाचन राप्रपाका तर्फ बाट नगर प्रमुख पदका सम्भावित दावेदारका रुपमा रहेका छन।
बुढानिलकण्ठ नगरपालिका वडा नं ४ निवासी खड्का राजनीति संगै विकास निर्माण र सामाजिक विकासको अभियानमा सक्रिय रहेका छन।
३.कमल श्रेष्ठ
राष्ट्रिय प्रजातन्त्र पार्टी बुढानिलकण्ठ नगर समितीका अध्यक्ष कमल श्रेष्ठ पनि आसन्न स्थानीय तहको निर्वाचन राप्रपाका तर्फ बाट नगर प्रमुख पदका सम्भावित दावेदारका रुपमा रहेका छन।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा नं २ को अध्यक्ष पदका उम्मेदवार रहेका श्रेष्ठ राजनीति संगै विकास निर्माण र सामाजिक विकासको अभियानमा सक्रिय रहेका छन।
४. सावित्रा क्षेत्री
राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य सावित्रा क्षेत्री पनि आसन्न स्थानीय तहको निर्वाचन राप्रपाका तर्फ बाट नगर प्रमुख पदका सम्भावित दावेदारका रुपमा रहेकी छन।
२०७४ सालको निर्वाचनमा राप्रपाको तर्फ बाट उपप्रमुख पदको उम्मेदवार रहेकी वडा नं ४ निवासी क्षेत्री राजनीति संगै विकास निर्माण र सामाजिक विकासको अभियानमा सक्रिय रहेकी छन।
५. दीपक पराजुली
लामो समय देखि निरन्तर रुपमा राप्रपामा सक्रिय रहेका नेता दीपक पराजुली पनि आसन्न स्थानीय तहको निर्वाचन राप्रपाका तर्फ बाट नगर प्रमुख पदका सम्भावित दावेदारका रुपमा रहेका छन।
काठमाण्डौ क्षेत्र नं ४ का पुराना नेता वडा नं १२ निवासी पराजुली राजनीति संगै विकास निर्माण र सामाजिक विकासको अभियानमा सक्रिय रहेका छन।