काठमाण्डौ महानगरपालिका वडा नं ७ अध्यक्ष : नेपाली कांग्रेसका ६ जना सिफारिस
कपन अनलाइन
काठमाडौँ,चैत्र २२ ।
नेपाली कांग्रेस काठमाण्डौ महानगरपालिका वडा नं ७ ले २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन् चाहाने आकांक्षीहरु संग छलफल गरेको छ।
सिमित नेता र समितीमा मात्र छलफल गरेर उम्मेदवार सिफारिस गर्ने पुरानो प्रचलन परिवर्तन गर्दै क्रियाशील भेला मार्फत उम्मेदवार हुन् इच्छुक नेताहरु संग अन्तरक्रिया गरेको हो।
क्रियाशील भेला मार्फत नेपाली कांग्रेस काठमाण्डौ महानगरपालिका वडा नं ७ बाट वडा अध्यक्ष पदका लागि ६ जनाको नाम सिफारिस गरिएको छ।
को को सिफारिस भए ?
१. प्रवेस लामिछाने
२.बिमल होडा
३.रमेश महर्जन
४.रबि मानन्धर
५.बिमल भट्टराई
६.महेन्द्र राज श्रेष्ठ
तपाइँको प्रतिक्रिया ।