नेपाल सरकारले श्रवणदृष्टि विहीन व्यक्तिहरुको आवश्यकतालाई सम्बोधन गर्नुपर्ने महासंघको माग

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १९।

श्रवण दृष्टिविहीन अपाङ्गता भएका बालबालिकाका अभिभावकले आफ्ना सन्तानले पनि अन्य बालबालिका सरह विद्यालयमा भर्ना भएर पढ्न पाउने वातावरण बनाउन सरकारसँग माग गरेका छन् ।

राजधानीमा आयोजित तीनदिने सम्मेलनमा सहभागीता जनाउँदै उनिहरूले स्कुलले भर्ना नलिदा आफ्ना सन्तानले सिक्न पाउने समाजमा पुनस्थार्पना हुने अधिकारबाट बञ्चित भएको भन्दै त्यस्तो माग गरेका हुन् । यस सम्मेलनमा मोरङ, कास्की, रूपन्देही, काठमाडौँ उपत्यका वरपरका श्रवण दृष्टिविहीन अपाङ्गता भएका बालबालिकाका अभिभावकहरुको  सहभागीता रहेको थियो  ।

सङ्घका अध्यक्ष लाक्पा नोवु शेर्पाले यस किसिमको अपाङ्गता भएका बालबालिकालाई स्कुलले भर्ना लिए, आवश्यक सहयोग सङ्घको तर्फबाट उपलब्ध गराउने प्रतिवद्धता जनाए  । उनले आँखा पनि नदेख्ने र कान पनि नसुन्ने बालबालिकाले अन्य बालबालिका सरह सिक्न नसकेपनि घरमा थुनेर राख्दा भन्दा समुहमा राखेर सिकाउँदा आफ्नो दैनिकी आफैं गर्न सक्ने, आफ्ना साथी चिन्ने,अभिभावकले धेरै समय दिनुनपर्ने र समाजमा घुलमिल हुनेलगायतका क्षमताको विकास हुने अनुभवका कारण समावेशी सिकाइका लागि स्कुलले भर्ना लिन माग गरेको बताए  ।

उहाँले केही समयका लागि पढाउने शिक्षक, अभिभावक र आयाको समेत व्यवस्था सङ्घले गर्ने र सम्वन्धीत स्कुलकै शिक्षकलाई तालिम दिलाउने समेत बताए  ।

अध्यक्ष शेर्पाले अपाङ्गता भएका बालबालिकालाई हेर्ने अभिभावकको मात्र कर्तव्य होइन, स्थानिय सरकार, शैक्षिक संस्थाले पनि समन्वय गरेर सिक्ने अवसर प्रदान गर्न अभिभावकहरूको सामुहिक माग हो, भने  ।

श्रवण दृष्टिविहीन भएका बालबालिकाको समावेशी शिक्षा परियोजना संयोजक शङ्कर चैसिरले सबै क्षमताका बालबालिकाले सँगै शिक्षा हासिल गर्न पाउनु समावेशी शिक्षा अधिकार हो, अपाङ्गता भएका बालबालिकामध्ये सबैभन्दा उपेक्षित श्रवणदृष्टि विहीन बालबालिकालाई समाजमा घुलमिल हुने, केही सिक्ने अवसर स्कुलहरूले प्रदान गर्नुपर्ने बताए  ।

उनले समावेशी शिक्षा नीतिको कार्यान्वयनका लागि पनि यस वर्गका बालबालिकाले स्कुल भर्ना हुनु पाउनुपर्छ, भन्नुभयो । दसप्रकारका अपाङ्गता भएका व्यक्तिमध्ये वि.स. २०६८ जनगणना अनुसार श्रवण दृष्टिविहीन नौहजार ७१४ जना रहेको तथ्याङ्क रहेको छ ।  यस प्रकारका अपाङ्गता भएका व्यक्तिले सुघेर, छोएर र स्वाद लिएर खाना, परिवारका सदस्य, साथी र वरपरको वातावरणको अवस्था थाह पाउने क्षमता रहेको पाईएको सङ्घले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।