नेशनल हस्पिटल तथा हाप्किडो बिच सम्झौता
कपन अनलाइन
काठमाण्डौ, बैशाख २४।
नेपाल नेशनल हस्पिटल र नेपाल हाप्किडो संघबीच मंगलबार सम्झौता भएको छ । सम्झौता अनुसार हाप्किडो संघमा आवद्ध व्यक्ति तथा संस्थाहरूले अस्पतालका विभिन्न सेवामा उल्लेखनीय छुट सुविधा प्राप्त गर्ने संघले जनाएको छ ।
‘हाम्रो उद्देश्य केवल उपचार मात्र होइन, खेलकुद र शारीरिक सशक्तिकरणमा समर्पित संस्थाहरूसँग सहकार्य गरेर सामुदायिक स्वास्थ्यलाई अझ मजबुत बनाउने हो,’ नेपाल नेशनल हस्पिटलका मेडिकल डाइरेक्टर डा. प्रकाश पौडेलले हस्ताक्षर कार्यक्रममा भने ।
नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगरले यस सहमतिलाई हाप्किडो खेलाडीहरूको स्वास्थ्य सुरक्षामा ठूलो उपलब्धि भएको बताए । सम्झौता २३ बैशाख २०८२ देखि २२ बैशाख २०८४ सम्म लागू हुनेछ ।
तपाइँको प्रतिक्रिया ।