पालुवा हाँस्न थाले : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १२।
१. हतपत सब भाग्छन् हुस्सु सारेर डेरा
सुललित वय रोज्छन् फुङ्ग पाखा पखेरा
खुसुखुसु जब खुल्दै फूलले रङ्ग हाले
मुसुमुसु तब नौला, पालुवाहाँस्नथाले ।
२. कुहुकुहु यति बेला कोइली कण्ठ खुल्दो
लुसुलुसु अनिहावा छर्न सन्त्रास डुल्दो
कुलुकुलु छ कुलोको तान्छ मीठो गलाले
मुसुमुसु तब नौला पालुवा हाँस्न थाले ।
३. पर शिखर चिसोको खस्कँदो वैँश भेट्छन्
शिशिरभर लुकेका शैल घुम्टो उघार्छन्
जब छुनुमुनु गर्दै मार्छ फन्को हवाले
मुसुमुसु तब नौला, पालुवा हाँस्न थाले ।
४. कति सहनु डँडेलो फैलिँदाको बित्यास
कति रहनु उदाङ्गो पातको बढ्छ आस
झमझम अब पानी पर्छ भन्दै मजाले
मुसुमुसु तब नौलापालुवाहाँस्नथाले ।
५. कुटुकुटु अतिजाग्दै शीतले डस्न छाड्यो
सिरक र दुनियाँको मित्रता बस्न छाड्यो
युवकयुवतिखुल्दै भावनागाँस्नथाले
मुसुमुसु तब नौला पालुवा हाँस्न थाले ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक