नेकपा एमाले काठमाण्डौ क्षेत्र नं २ का छ जना नेताहरुले पाए महत्वपूर्ण जिम्मेवारी
कपन अनलाइन
काठमाण्डौ ,चैत्र ८।
नेकपा एमाले काठमाण्डौ क्षेत्र नं २ का छ जना नेताहरुले महत्वपूर्ण जिम्मेवारी पाएका छन ।
नेकपा एमाले बागमती प्रदेस कमिटीको बैठकले निर्णय गरेर जारी गरेको सर्कुलरका अनुसार क्षेत्रको राजनीतिमा लामो समय सम्म नेतृत्व गरेका नेताहरुलाई इन्चार्ज र सहजकर्ताको जिम्मेवारी दिइएको उल्लेख गरिएको छ।
बागमती प्रदेस कमिटी सदस्य मणिराम फुँयाललाई काठमाण्डौ क्षेत्र नं २ को इन्चार्जको जिम्मेवारी प्रदान गरिएको छ भने प्रदेस कमिटी सदस्य भगवान दाहाललाई सहइन्चार्जको जिम्मेवारी दिइएको छ।
त्यस्तै नेकपा एमाले काठमाण्डौ क्षेत्र नं २ ( १ ) को इन्चार्जमा ओमकृष्ण प्रसाईलाई जिम्मेवारी दिइएको छ भने प्रदेस कमिटी सदस्य उपेन्द्र पौडेलले क्षेत्र नं २ ( २ ) मा इन्चार्ज र उन बहादुर घिमिरेले सहइन्चार्जको जिम्मेवारी पाएका छन।
त्यसै गरी बागमती प्रदेस कमिटी सदस्य तथा नगरपालिकाका प्रमुख सुबर्ण श्रेष्ठले शंखरापुर नगर कमिटीमा सहजकर्ताको जिम्मेवारी पाएका छन।