काठमाण्डौ क्षेत्र नं ५ मा नेकपा एमालेका चार नेताले पाए महत्वपूर्ण जिम्मेवारी

काठमाण्डौ क्षेत्र नं ५ मा नेकपा एमालेका चार नेताले पाए महत्वपूर्ण जिम्मेवारी

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ८।

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ५   का चार जना नेताहरुले महत्वपूर्ण जिम्मेवारी पाएका छन ।

नेकपा एमाले बागमती प्रदेस कमिटीको बैठकले निर्णय गरेर जारी गरेको सर्कुलरका अनुसार क्षेत्रको राजनीतिमा लामो समय सम्म नेतृत्व गरेका नेताहरुलाई इन्चार्ज र सहजकर्ताको जिम्मेवारी दिइएको उल्लेख गरिएको छ।

बागमती प्रदेस कमिटी सदस्य हरी अधिकारीलाई  काठमाण्डौ क्षेत्र नं ५ को इन्चार्जको जिम्मेवारी प्रदान गरिएको छ भने टोखा   नगर कमिटीको सहजकर्तामा प्रदेस कमिटी सदस्य नारायण भाई श्रेष्ठलाई  जिम्मेवारी दिइएको छ।

त्यस्तै नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ५   ( १ ) को इन्चार्जमा शिव कुमारी खनाललाई  जिम्मेवारी दिइएको छ भने प्रदेस कमिटी सदस्य बाबु लाल डंगोलले  क्षेत्र नं ५ ( २ ) मा इन्चार्जको जिम्मेवारी पाएका छन।

तपाइँको प्रतिक्रिया ।