Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/03/275758391_562771858113237_3607277714402461833_n-1024x679.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

भेनस पब्लिक स्कुलको स्पोर्ट्स कार्भिनल शुरु

कपन अनलाइन

काठमाडौँ,चैत्र ८ । गोकर्णेश्वर नगरपालिका वडा नं ८ बेशीगाउमा संचालित भेनस पब्लिक स्कुलले स्पोर्ट्स कार्भिनल  आयोजना गरेको छ ।सोमबार र मंगलबारगरि दुइ दिन सम्म चल्ने उक्त कार्भिनाल्को सोमबार एक कार्यक्रमका बीच प्रमुख अतिथि  गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले उद्घाटन गरेका हुन । भेनस पब्लिक स्कुलका अध्यक्ष पेमा छिरी शेर्पाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना,प्याब्सन गोकर्णेश्वर अध्यक्ष डी एन सिवाकोटी, एन प्याब्सन गोकर्णेश्वर अध्यक्ष  मोहन अधिकारी भेनस नेसनल कलेजका क्याम्पस प्रमुख कृष्ण गौतम, गोकर्णेश्वर शिक्षा शाखा प्रमुख बिजय प्रसाद आचार्य  शिक्षा शाखाका टेकेन्द्र ढकाल, वडा सचिव सुदिप हमाल  भेनस पब्लिक स्कुलका प्रिन्सिपल  नेत्र प्रसाद दाहाल स्पोर्ट्स कोच बबी लगायत शिक्षक बिद्यार्थीहरुको उपस्थिति रहेको थियो   ।

बिद्यार्थीको अन्तरनिहित प्रतिभाको बिकासका लागि आयोजित  स्पोर्ट्स कार्भिनलको गोकर्णेश्वर नगरपालिका  प्रमुख सन्तोष चालिसेले बेलुन उडाई राष्ट्रिय झण्डा झण्डोलोत्तन गरि उद्घाटन गरेका थिए। कार्यक्रम संचालन  बिनितराज अर्यालले गरेको कार्यक्रम बिध्यालयका भाइस प्रिन्सिपल सुमित्रा राइले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथी प्रकाश पारेकी थिइन ।  कार्यक्रममा प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले आयोजकलाइ धन्यवाद दिदै खेलकुदले बिद्यार्थीको पढाईमा पनि सहयोग गर्ने हुदा खेलकुदलाई सैक्षिक संस्थाहरुले बिशेष महत्वका साथ संचालन गर्ने गरेको बताएका थिए ।

खेलकुद र पढाईका लागि समय ब्याबस्थापन गर्न सक्ने बिद्यार्थीले नै चौतर्फि बिकास गर्न सक्ने उनको भनाइ रहेको थियो । खेलले नै राष्ट्र चिनाउने र बिद्यालय बाट नै खेलाडीहरु निर्माण हुने भएको हुँदा खेलकुद कार्यक्रम समय समयमा गर्नु पर्ने बताएका थिए। साथै उनले बिद्यार्थीहरुलाई कक्षा कोठामा मात्र सिमित हुनुहुँदैन भन्दै जब बिद्यार्थी शारीरिक रुपमा स्वास्थ्य नभए सम्म राम्रोसंग पठन पाठन गर्न नसक्ने भएका कारणले पनि बिद्यालयले शिक्षा र खेलकुदलाई एक साथ जोड्नु पर्ने बताएका थिए । कार्यक्रममा शुभकामना मन्तब्य राख्दै बिध्यालयका प्रिन्सिपल नेत्र प्रसाद दाहालले

बिधालयमा अध्ययनरत छात्र, छात्रा भित्र लुकेर रहेका अन्तरनिहित खेल प्रतिभालाई उजागर गर्न खेल सप्ताहको आयोजना गरिएको जानकारी गराए । भेनस पब्लिक स्कुलले बिधार्थीको सैद्धान्तिक सँग सँगै सर्वाङ्गगिण विकासमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ बिभिन्न ।कार्यक्रम गर्दै आएको जानकारी गराउदै कोरोनाको कारण लामो समय सम्म त्यस्ता गतिबिधि हुन सकेको थिएन । कोरोना कहर कम भए संगै र बिध्यालयका बिद्यार्थीहरुले खोप लागाए पश्चात पुन यस्ता गतिबिधिलाइ अघि बढाएको उनले जानकारी गराए ।

खेलले बिद्यार्थीहरुको शिक्षण सिकाईमा समेत प्रत्यक्ष सहयोग गर्ने भएकोले खेल अनिवार्य भएको हुँदा बिध्यालयले नियमित कार्यक्रम अन्तर्गत स्पोर्ट्स कार्भिनल आयोजना गरिएको जानकारी गराए । दुइ दिन सम्म चल्ने उक्त कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा १० सम्मका बिद्यार्थीहरुलाई सहभागि गराइएको जानकारी गराए ।  स्पोर्ट्स कार्भिनलमा छात्र छात्रा को दौड ,कबड्डी, रेस १०० मिटर दौड, , क्रिकेट बास्केटबल,म्युजिकल चेयर , फुटबल, म्याराथन, लगायतका बिभिन्न खेलहरु समाबेश गरिएको छ । प्रतियोगितामा बिजयी हुने खेलाडीहरुलाई ट्रफी मेडल र प्रमाणपत्रको व्यवस्था गरेको समेत आयोजकले जानकारी गराएको छ ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना,प्याब्सन गोकर्णेश्वर अध्यक्ष डी एन सिवाकोटी, एन प्याब्सन गोकर्णेश्वर अध्यक्ष  मोहन अधिकारी गोकर्णेश्वर शिक्षा शाखा प्रमुख बिजय प्रसाद आचार्य वडा सचिब सुदिप हमाल  लगायतले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए ।कार्यक्रममा बिद्यार्थीहरुले मार्च पास गर्नु को साथै उद्घाटन सत्रमा नृत्य मार्फत मनोरंजन प्रदान गरेका थिए । अध्यक्षताको आसन बाट बोल्दै भेनस पब्लिक स्कुलका अध्यक्ष पेमा छिरी शेर्पाले धन्यवाद ज्ञापन गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।