काठमाण्डौ क्षेत्र नं ३ मा नेकपा एमालेका पाँच नेताले पाए महत्वपूर्ण जिम्मेवारी
कपन अनलाइन
काठमाण्डौ ,चैत्र ८।
नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ३ का पाँच जना नेताहरुले महत्वपूर्ण जिम्मेवारी पाएका छन ।
नेकपा एमाले बागमती प्रदेस कमिटीको बैठकले निर्णय गरेर जारी गरेको सर्कुलरका अनुसार क्षेत्रको राजनीतिमा लामो समय सम्म नेतृत्व गरेका नेताहरुलाई इन्चार्ज र सहजकर्ताको जिम्मेवारी दिइएको उल्लेख गरिएको छ।
बागमती प्रदेस कमिटी सदस्य तथा नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीमा लामो समय काम गरेका नेता राम शरण ढुंगानालाई काठमाण्डौ क्षेत्र नं ४ को इन्चार्जको जिम्मेवारी प्रदान गरिएको छ भने गोकर्णेश्वर नगर कमिटीको सहजकर्तामा प्रदेस कमिटी सदस्य हरिकृष्ण श्रेष्ठ र शान्ति श्रेष्ठलाई जिम्मेवारी दिइएको छ।
त्यस्तै नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ३ ( १ ) को इन्चार्जमा डा.बिदुर चालिसेलाई जिम्मेवारी दिइएको छ भने प्रदेस कमिटी सदस्य तुलसीराम पौडेलले क्षेत्र नं ३ ( २ ) मा इन्चार्जको जिम्मेवारी पाएका छन।