नेपाली कांग्रेस बुढानिलकण्ठको सभापतिमा प्रदीप सेन ठकुरी, को को छन पदाधिकारी ?
कपन अनलाइन
काठमाडौं कात्तिक १७।
नेपाली कांग्रेसको संस्थापन इतर पक्षको बुढानिलकण्ठ नगर कार्यसमितिको सभापतिमा प्रदीप सेन ठकुरी चयन भएका छन।
नेपाली कांग्रेसका पुर्व महामन्त्री शशांक कोइरालाको प्रमुख आतिथ्यता तथा पुर्व महामन्त्रि प्रकाश मान सिंहको विशेष आतिथ्यतामा भएको अधिवेसनले ठकुरीको नेतृत्वमा ३० सदस्यीय नगर कार्यसमिति चयन गरेको महाधिवेसन प्रतिनिधि प्रमोद अधिकारीले जानकारी दिएका छन।
त्यस्तै बुढानिलकण्ठ नगर कार्यसमितिको उपसभापतिमा धुर्व केसी र चनु नगरकोटी चयन भएका छन भने सचिवमा जयराम अधिकारी र सुभेक्षा कोइराला सिलवाल चयन भएका छन।
नेपाली कांग्रेस बागमती प्रदेश कमिटीका महामन्त्री राजु श्रेष्ठ, क्षेत्रीय सभापति सन्तोष भण्डारी लगायतको उपस्थितिमा भएको सो अधिवेसनले सह सचिवमा दिलाशा नगरकोटी र अनन्त राज बानियालाई निर्वाचित गरेको छ ।
तपाइँको प्रतिक्रिया ।
