गोकर्णेश्वर नगरपालिका वडा नं ३ अध्यक्ष : को को छन नेकपा एमालेका संभावित दावेदारहरु ?

गोकर्णेश्वर नगरपालिका वडा नं ३ अध्यक्ष : को को छन नेकपा एमालेका संभावित दावेदारहरु ?

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ८ । २०७९ बैशाख ३०  स्थानीय तहको निर्वाचन घोषणा संगै  गोकर्णेश्वर नगरपालिका  वडा नं  ३ को अध्यक्षमा  सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा सदस्य १ जनाले जितेको नेकपा एमालेबाट आगामी निर्वाचनमा वडा अध्यक्ष  पदमा दावेदार गर्ने उम्मेदवारहरुका वारेमा चर्चा परिचर्चा शुरु भएको छ।

शाखा र टोल  कमिटीमा सर्वसम्मत नेतृत्व चयन गरेको नेकपा एमालेका तर्फबाट वडा अध्यक्ष पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ ।

१. गोकुल बिष्ट

नेकपा एमाले काठमाडौं जिल्ला सदस्य गोकुल बिष्ट आसन्न स्थानीय तहको निर्वाचनमा  नेकपा एमालेको  तर्फबाट गोकर्णेश्वर नगरपालिका वडा नं ३ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन। गत स्थानीय निर्वाचनमा समेत वडा अध्यक्षको उम्मेदवार बन्दै झिनो मत अन्तरले पराजित भएका थिए  समाज सेवा तथा सहकारी क्षेत्रमा निरन्तर सक्रिय रहदै आएका छन ।

२. कृष्ण शरण बिष्ट

नेकपा एमाले गोकर्णेश्वर नगर कमिटि सदस्य तथा गोकर्णेश्वर नगरपालिका वडा नं ३ इन्चार्ज  कृष्ण शरण बिष्ट नेकपा एमालेको  तर्फबाट गोकर्णेश्वर नगरपालिका वडा नं ३ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन। राजनीति संगै विकास निर्माण र समाजसेवामा पनि सक्रिय रहदै आएका छन ।

३. कृष्ण भण्डारी

नेकपा एमाले गोकर्णेश्वर नगर कमिटि सदस्य रहेका कृष्ण भण्डारी नेकपा एमालेको  तर्फबाट गोकर्णेश्वर नगरपालिका वडा नं ३ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन ।

भण्डारी राजनीति संगै विभिन्न सामाजिक गतिविधिहरुमा पनि सक्रिय  रहेका छन।

 

४.सुजन पौडेल

नेकपा एमाले गोकर्णेश्वर ३ वडा कमिटिको उपाध्यक्ष रहेका सुजन पौडेल आसन्न स्थानीय तहको निर्वाचनमा  नेकपा एमालेको  तर्फबाट गोकर्णेश्वर नगरपालिका  वडा  नं ३ को अध्यक्षमा प्रवल दावेदारका रुपमा रहेका छन । सामाजिक क्रियाकलापमा सक्रिय रहेका पौडेल  लामो समय देखि संघ र युवा आन्दोलनमा सक्रिय रहेका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।