काठमाण्डौ क्षेत्र नं ५ मा वडा वडामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल

कपन अनलाइन
काठमाडौं,  चैत्र २।

२०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ५ बाट निर्वाचित नेकपा एमलेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अहिले आफ्नो निर्वाचन क्षेत्रको वडा दौडाहामा रहेका छन।

तत्कालिन काठमाण्डौ क्षेत्र नं ३ र हालको क्षेत्र नं ५ बाट सांसदमा निर्वाचित बनेका पोखरेलले क्षेत्रमा हुने ठुला साना सबै किसिमका कार्यक्रमहरुमा सक्रियता पुर्वक सहभागिता जनाउदै आएका छन।

काठमाण्डौ महानगरपालिका,बुढानिलकण्ठ नगरपालिका र टोखा नगरपालिकाका वडाहरु रहेको काठमाण्डौ क्षेत्र नं ५ मा नेकपा एमालेका वडा कमिटी कार्यालयहरु उदघाटन , स्थानीय तह निर्वाचन अभिमुखीकरण र प्रशिक्षण लगायतका कार्यक्रमहरुमा  वरिष्ठ उपाध्यक्ष पोखरेलको बाक्लो उपस्थिति हुने गरेका एक नेता बताउछन।

निर्वाचन क्षेत्रको भौतिक पूर्वाधार विकासलाई विशेष प्राथमिकतामा राखेका पोखरेलको पहलमा धेरै विकास निर्माणका कामहरु भएको जानकारी दिदै ति नेताले आगामी दिनमा क्षेत्रका जनता संग प्रत्यक्ष सम्पर्कमा रहने अभियानहरु संचालनको तयारीमा पोखरेल  रहेको बताएका छन।

 

 

तपाइँको प्रतिक्रिया ।