दुई वडा भवन सहित चार योजना निर्माणका लागि जिसस काठमाण्डौ र बुढानिलकण्ठ विच सम्झौता

दुई वडा भवन सहित चार योजना निर्माणका लागि जिसस काठमाण्डौ र बुढानिलकण्ठ विच सम्झौता

कपन अनलाइन

ओखलढुंगा ,चैत्र २ ।

जिल्ला समन्वय समिति, काठमाण्डौ र  बुढानीलकण्ठ नगरपालिका बिच चैत्र ०२ गते विभिन्न योजनाको लगत साझेदारीमा सम्झौता भएको छ । जिल्ला समन्वय समितिको तर्फबाट जिल्ला समन्वय प्रमुख  शिव सुन्दर राज ज्यू र बूढानीलकण्ठ नगर प्रमूख  उद्दव खरेल ज्युले उक्त सम्झेता पत्रमा हस्ताक्षार गर्नुभएको थियो । नगरपालिकाका चार वटा योजना निर्माणमा उक्त सम्झौता भएको हो ।

नगरपालिका अन्तर्गतको वडा नं १ को वडा भवन निर्माण, वडा नं ३ को वडा भवन निर्माण, नगरपालिका कार्यालयको सभाहल निर्माण र नगरपालिकाको बैठक भवन निर्माणमा सम्झौता भएको हो । सम्झौतामा जिल्ला समन्वय समितिको ६०% र यस नगरपालिकाको ४० % लगत साझेदारी हुने गरी सम्झौता भएको छ ।

तपाइँको प्रतिक्रिया ।