प्रशान्ति एकेडेमी बुढानिलकण्ठ -१२ मा फागुन २८ गते सनिवार रक्तदान कार्यक्रम हुने

कपन अनलाइन
काठमाण्डौ ,फागुन २६।

“रक्तदान गरौँ पुण्य कमाऔँ, आफू बचौँ र अरूलाई पनि बचाऔँ “भन्ने मूल नाराका साथ बूढानीलकण्ठ १२ काठमाडौँमा अवस्थित प्रशान्ति एकेडेमी विद्यालयमा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ ।

विभिन्न रोगग्रस्त भई उपचाररत रहँदा वा कुनै दुर्घटना हुँदा महिलाहरूको प्रसुतिको बेला रगत अत्यावश्यक हुने गर्दछ । विशेष गरी कोभिड १९ को संक्रमण , निषेधाज्ञा र यसको बन्दाबन्दीको कारणले वर्तमान समयमा मुलुकभर रगतको चरम अभाव भएको छ ।

यो अभावलाई केही हदसम्म कम गर्ने उद्देश्यले फागुन २८ गते शनिबारका दिन उज्यालो नेपालको आयोजनामा रक्तदान कार्यक्रम हुने भएको हो।

सो  कार्यक्रममा आइ.एम .ई लिमिटेड, लायन्स क्लब अफ नेपाल हेरिटेज, टेक्सास बचत तथा ऋण सहकारी संस्थाको सह आयोजकका रुपमा रहेका छन भने प्रशान्ति एकेडेमीको  व्यवस्थापनमा सो  “विशेष रक्तदान” कार्यक्रम आयोजना गरिएको छ ।

उक्त पुण्यतम कार्यक्रममा सहभागी हुन आयोजक टिमले सम्पूर्ण सहृदयी तथा सवै व्यक्तिहरूमा विशेष अपिल समेत गरेको छ ।

तपाइँको प्रतिक्रिया ।