खाेटाङ – काठमाडौं सम्पर्क मंचकाे अध्यक्षमा नवराज राेका ,को को बने पदाधिकारी ?

खाेटाङ – काठमाडौं सम्पर्क मंचकाे अध्यक्षमा नवराज राेका ,को को बने पदाधिकारी ?
कपन अनलाइन
काठमाण्डौ ,फागुन २६।
नेकपा (एमाले) खाेटाङ – काठमाडौं सम्पर्क मंचकाे अध्यक्षमा नवराज राेका निर्वाचित भएका छन। नेकपा एमालेका पोलिटब्युरो सदस्य विशाल भट्टराई , उषाकला राई ,केन्द्रीय सदस्य रमेस पौडेल लगायतका नेताहरुको उपस्थितिमा भएको अधिवेसनले रोकाको नेतृत्वमा नयाँ कमिटी निर्वाचित गरेको हो ।
सो कमिटीको  उपाध्यक्षमा  दिपक प्रसाद दाहाल र प्रतिमा बिष्ट पाैडेल निर्वाचित भएका छन भने सचिवमा  राजकुमार राई चयन भएका छन।
त्यस्तै  उप सचिवमा  कुमारबाबु बस्नेत र  दिपा दुमी राईलाई निर्वाचित गरेको अधिवेसनबाट काेषाध्यक्षमा  पदम बहादुर मगर निर्वाचित भएका छन ।
तपाइँको प्रतिक्रिया ।