बुढानिलकण्ठ नगरपालिकामा “एकल महिला सुरक्षा कोष” स्थापना

बुढानिलकण्ठ नगरपालिकामा “एकल महिला सुरक्षा कोष” स्थापना
कपन अनलाइन
काठमाण्डौ ,फागुन २६।
बुढानिलकण्ठ नगरपालिकाले एकल महिलाको हक अधिकार र संरक्षणका लागि अक्षय कोषको स्थापना गरेको छ। ११२ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बुढानिलकण्ठ नगरपालिकाले ५ लाखको अक्षय कोष स्थापना गरेको हो।
एकल महिलाहर सुरक्षा  र सम्मानित जीवनयापनका लागि खर्च गर्न सक्ने गरी सो कोषको स्थापना गरेको बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव प्रसाद खरेलले जानकारी दिएका छन।
उक्त कोषको घोषणा गर्दै प्रमुख खरेलले एकल महिलाहरुलाई केवल सहनुभुत्ति मात्र हैन देखिने गरी उनीहरुको आत्मसम्मान र क्षेमता अभिवृद्धि गर्नुपर्ने बताउदै नगरपालिकाले सो कोष स्थापना गरेको बताएका छन।
अवका दिनमा बुढानिलकण्ठ नगरपालिकामा रहेका कुनै पनि एकल महिलाहरुले बेसहारा र अभिभावक बिहिन अवस्थाको महसुस गर्नु नपर्ने भन्दै प्रमुख खरेलले अहिले शुरवात भएको सो कोषलाई आवस्यकता अनुसार  बढाउदै लैजाने बताएका छन।
कार्यक्रमको प्रमुख अतिथि मानव अधिकार आयोग सदस्य माननीय लिली थापाlले  महिला अधीकार र सम्मानलाई थप सुनिश्चित गर्ने अभियानमा निरन्तर लागि पर्नका निम्ति महिलाहरु आफै नेतृत्वदाई भुमिकामा अग्रसर रहनु पर्ने कुरामा जोड दिँदै विगतमा अग्रज महिला अभियान्ताहरुले गरेका कर्णप्रिय र परिवर्तनकारी कार्यहरुको स्मरण गरेकी थिइन् ।
त्यस्तै उप- प्रमुख रमा देवि राईले महिला अधिकार, महिला सशक्तीकरण र लैंगिक समानता, लैंगिक विभेद तथा हिंसा उन्मूलन जस्ता बिषयहरुलाई थप जोड दिन महिला दिवसको अवसर पारेर यस कार्यक्रम आयोजना गरिएको  जानकारी दिएकी थिइन्।
अक्षय कोष खडा गरेर एकल महिलाहरुको पक्षमा निकै ठुलो सहारा र ऐकेवदत्ता प्रकट गरेकोमा विभिन्न संघ संस्था तथा ,महिला अधिकार कर्मीहरुले बुढानिलकण्ठ नगरपालिकाको प्रसंशा समेत गरेका छन।
तपाइँको प्रतिक्रिया ।