‘ बि’ डिभिजन लिग : टाेखा भगवतीको जित ,बाँसबारी र टुसाल बराबरीमा रोकिए

‘ बि’ डिभिजन लिग : टाेखा भगवतीको जित ,बाँसबारी र टुसाल बराबरीमा रोकिए

कपन अनलाइन

धादिङ, फागुन २३।

शहीद स्मारक ‘ बि’ डिभिजन लिग फुटबलमा शनिबार बाँसबारी युथ क्लब टुसाल युथ क्लबसंग बराबरीमा रोकिँदा दिनको अर्को खेलमा श्री भगवती क्लबले लगातार दोस्रो जित निकालेको छ।ललितपुर स्थित अखिल नेपाल फुटबल संघ ( एन्फा ) मुख्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा बाँसबारीले टुसाल युथ क्लबसंग गोल रहित बराबरी खेल्दा लगातार दोस्रो जित निकालेको श्री भगवती क्लबले ब्वाइज युनियनलाई २-१ गोल अन्तरले हराएको हो।

बाँसबारी र टुसालबिचको प्रतिस्पर्धात्मक खेलमा दुबै टाेलिले पाएको सुनौलो अवसरमा गोल गर्न चुकेका थिए ।जुन नतिजाले दुबै टाेली अंक बाड्न बाध्य भए। यश बराबरी संगै बाँसबारीले २ खेलमा १ अंक जाेडेकाे छ। टुसालले पनि २ खेलमा १ अंक जाेडेकाे छ।बाँसबारीले पहिलो खेलमा सरस्वतीलाई ३-१ को नतिजा सुम्पिएको थियो ।

शाहीद स्मारक ‘ बि’ डिभिजन लिग फुटबलमा अन्तर्गत शनिबारको खेलमा ब्वाइज युनियनले लिएको सुरुआती अग्रता जोगाउन नसक्दा श्री टाेखा भगवतीलाई २-१ को नतिजा सुम्पिन बाध्य भएको हो। खेलको ६ औं मिनेटमा बिनोद राइले गोल गर्दै ब्वाइज युनियनलाई सुरुआती अग्रता दिलाएका थिए ।तर खेलको २७ औं मिनेटमा ब्वाइज युनियनका कप्तान बिष्णु बहादुर सुनारले आत्मघाती गोल गरेपछि खेल पहिलो हाफमा १-१ को बराबरीमा सकिएको थियो ।

त्यसपछि निक्कै प्रतिस्पर्धात्मक बनेको दोस्रो हाफ सकिन ५ मिनेट बाँकी रहँदा अमित लामाले गोल गर्दै अग्रता उल्टाउँदा नतिजा भगवतीको पोल्तामा परेको हो। बि’ डिभिजन लिगको पहिलो खेलमा टाेखा भगवती क्लबले झम्सीखेल युथ क्लबलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो ।जितसंगै टाेखा भगवती क्लबले २ खेलमा ६ अंक जाेडेकाे छ । ब्वाइज युनियनले २ खेलमा ३ अंक जाेडेकाे छ । फाेटाे / एन्फा

तपाइँको प्रतिक्रिया ।