खनियाबास गाउँपालिकाका कर्मचारीहरुमाथि कुटपिट,सेवा अवरुद्ध गरि आन्दोलनमा

खनियाबास गाउँपालिकाका कर्मचारीहरुमाथि  कुटपिट,सेवा अवरुद्ध गरि आन्दोलनमा

कपन अनलाइन

धादिङ, फागुन २३ / सुबास तामाङ

धादिङ जिल्लाको खनियाबास गाउपालिकामा कार्यरत कर्मचारीहरुलाई कुटपिट पश्चात कर्मचारीहरुले सेवा अवरुद्ध गरि आन्दोलनमा उत्रिएका छन् । खनियाबास गाउपालिकाको बिभिन्न वडामा संचालित आयोजनाहरुको अनुगमन,मुल्याङ्कन तथा नाप जांच गर्न गएका प्राबिधिकहरुलाई धम्किपुर्ण शब्द प्रयोग गरि गालिगलौज तथा कुटपिट भए पश्चात कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् |

सामान्य घाइते भएका गाउपालिकाका सव ईन्जिनियर प्रवल तामाङ र असिस्टेन्ट सव ईन्जिनियर श्रीसान तामाङ रहेका छन् । गाउपालिकाको योजना तथा प्रशासन शाखा छैटो अधिकृत नवराज श्रेष्ठका अनुसार हाल पालिका र वडा बाट प्रदान गरिने सेवा अवरुद्ध छन् ।

कार्यालय छोडेका छैनन् वरिपरि बसेका छन् । जव सम्म कर्मचारीहरुले ढुक्क संग काम गर्ने अवस्था हुदैन  तव सम्म  सेवा सुचारु गर्ने अवस्था नरहेको श्रेष्ठको भनाई छ । गाउपालिकाको कर्मचारीहरुले आज सयुक्त विज्ञप्ती जारी गर्दै ब्यक्तिगत सुरुक्षा र दोसी उपर कारबाहिका लागि माग गरेका छन् |

तपाइँको प्रतिक्रिया ।