नेशनल प्याब्सनको सातौ महाधिवेशन : अध्यक्षका लागि पाण्डव हमाल र सुवाष न्यौपाने मैदानमा

नेशनल प्याब्सनको सातौ महाधिवेशन : अध्यक्षका लागि पाण्डव हमाल र सुवाष न्यौपाने मैदानमा

कपन अनलाइन

काठमाण्डौ ,फागुन २२।

नेपालगन्जमा हुन् गैरहेको नेशनल प्याब्सनको सातौ महाधिवेशनमा केन्द्रिय अध्यक्षका लागि पाण्डव हमाल र सुवाष न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन।

देशभरका हजारौ निजि तथा आवासीय विद्यालयहरुको छाता संगठनको नेतृत्वका लागि उम्मेद्वारो घोषणा र दावेदारीको दौड चलिरहेको अवस्थामा हमाल र न्यौपानेले नेतृत्वमा दावी गर्दै प्रचारको कामलाई तीव्रता दिएका छन।

लामो समयदेखी नेपालको शिक्षा र निजि तथा आवासीय विद्यालयहरुको पेशागत हित र संरक्षणका लागि सक्रिय रहेका दुई नेसनल प्याव्सनका नेताहरु विचको प्रतिस्पर्धा रोचक बन्दै गएको समयमा अन्य पदहरुमा पनि दावेदारी प्रस्तुत गर्ने क्रम तीव्र बनेको छ।

हमाल र न्यौपाने संगै  नेशनल प्याब्सनको बरिस्ट उपाध्यक्षमा सुर्य बहादुर अधिकारी ,उपमहासचिवमा प्रह्लाद दाहाल ,सचिवमा बिष्णु पराजुली लगायतले उम्मेदवारी घोषणा गरिसकेका छन।

तपाइँको प्रतिक्रिया ।