काठमाण्डौ-७ मा नेकपा एकीकृत समाजवादीको चावहिल बजार-बहाल टोल कमिटी गठन

कपन अनलाइन

काठमाण्डौ ,फागुन २२।

काठमाण्डौ महानगरपालिका वडा नं ७ मा नेकपा एकीकृत समाजवादीको चावहिल बजार-बहाल टोल कमिटी गठन गरिएको छ। फागुन २१ गते शनिबार  चावहिल बहाल सामुदायिक भवनमा नेपाल आयोजना गरेको टोल भेलाले सुजित कुमार डङगोलको अध्यक्षतामा ३५ सदस्यीय कमिटी चयन गरेको थियो।

केन्द्रीय कमिटीका सदस्य सीता ओझा, काठमाडौ महानगरपालिका ७ वडा समितिका वडा अध्यक्ष एवं जिल्ला कमिटी सचिवालय सद्स्य .शुद्ध कुमार डङ्गोल, जिल्ला कमिटी सदस्य एवं वडा ७ समिति सदस्यहरु कृष्ण प्रसाद घिमिरे,निर्मला पुडासैनी लगायतको उपस्थितिमा अभेको भेलाले सो कमिटीको उपाध्यक्षमा सुरेश महर्जन र सचिवमा सुनिल महर्जनलाई चयन गरेको छ।

उप सचिवमा अन्जु डङ्गोल र मनोज डङ्गोललाइ चयन गरेको भेलाबाट  दिनेश डङ्गोल,राज कुमार डङ्गोल,अर्जुन शाक्य,दिनेश महर्जन,शुशिल खनाल, लक्ष्मी शोभा महर्जन,कृष्ण देबि डङ्गोल, पन्चमाया डङ्गोल,तिर्थमाया डङ्गोल,सरिता राजभण्डारी,गीता महर्जन, सरिता डङ्गोल, लक्ष्मी डङ्गोल, शान्ति डङ्गोल, विणा महर्जन, गीता डङ्गोल,उर्मिला डङ्गोल,नानीछोरी महर्जन,स्वामाया डङ्गोल, कृष्ण बहादुर डङ्गोल, सुमन डङ्गोल, नरेश डङ्गोल,हंसमान डङ्गोल,सजिन डङ्गोल, बिरेन कुमार महर्जन, शशिन श्रेष्ठ , बिनिता श्रेष्ठ ,पारु डङ्गोलई सदस्यमा चयन भएका छन

तपाइँको प्रतिक्रिया ।