भारतले पुणेमा आफ्नै पशुपतिनाथको नक्कली मन्दिर बनाउँदै

भारतले पुणेमा आफ्नै पशुपतिनाथको नक्कली मन्दिर बनाउँदै

काठमाडौ, २५ चैत । एक भारतीय नागरिकले आफ्नो भूमिमा पशुपतिनाथको नक्कली मन्दिर बनाउन गरेको प्रस्तावमा पशुपति क्षेत्र विकास कोष सकारात्मक भएको छ । कोषका पदाधिकारीहरु त्यसकै अनुगमनमा चाँडै भारतको महाराष्ट्र जाँदै छन् ।

pashupati
महाराष्ट्रको पुणेका एक नागरिकले २० हेक्टर जमिन कोषलाई दान दिने र त्यसमै पशुपतिनाथको जस्तै मन्दिर बनाउन प्रस्ताव गरेका छन् । जसमा कोषका पदाधिकारीहरु सकारात्मक देखिएका छन् ।
दान दिने जमिनमा पशुपतिनाथकै जस्तो मन्दिर कोषले बनाइदिनुपर्ने प्रस्ताव भारतीय नागरिकको छ । कोषका सदस्यसचिव डा. गोविन्द टण्डनसहितको चार सदस्यी टोलीले त्यसको स्थलगत निरीक्षणका लागि पुणे जाने तयारी गरेको छ । टोलीमा पशुपति विकास कोषका तीन र संस्कृति मन्त्रालयका एक प्रतिनिधि रहेका छन् ।

तपाइँको प्रतिक्रिया ।