यस्तो सहमतिपछि गौर आन्दोलन फिर्ता भयो

रौतहट, २५ चैत । रौतहटको चन्द्रनिगाहपुरमा सेवा केन्द्र खोल्ने सरकारी निर्णयविरुद्ध ७ दिनदेखि रौतहट उद्योग वाणिज्य संघले गरेको आमहड्ताल आजदेखि फिर्ता भएको छ ।
स्थानीय प्रशासन र रौतहट उद्योग वाणिज्य संघबीच गएराती अबेरसम्म प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा भएको वार्तामा ७ बुँदे सहमति भएपछि बन्दको कार्यक्रम फिर्ता भएको हो । नेपाल सरकारले चन्द्रनिगाहपुरमा सेवाकेन्द्र खोल्ने निर्णय गत २० गते नै खारेज गरिसकेको हुँदा आन्दोलनको क्रममा भएको घटनालाई सम्बोधन गर्ने गरी वार्ता सफल भएको हो ।

gaur-jhadap
ससस्त्र प्रहरीको भ्यानको ठक्कर बाट मृत्यु भएका गौर नगरपालिका–१० सबगढा निबासी रामअषिस ठाकुरलाई सहिद घोषणाको प्रक्रियाका लागि गृहमन्त्रालयमा सिफारिस गर्ने, मृतक ठाकुरको परिवारका एक सदस्यलाई सीप र योग्यता अनुसार जागिर दिने, मृतक परिवारलाई क्षतिपुर्ति बापत ८ लाख उपलब्ध गराउने, आन्दोलनको समयमा घाइते भएकाको सरकारी अस्पतातको उपचारमा लाग्ने बील अनुसार क्षतिपुर्ति उपलब्ध गराउने, आन्दोलनको समयमा भएको घटनाको यथार्थ बुझ्न उच्चस्तरीय छानबिनको लागि गृहमन्त्रालयमा लेखी पठाउने, चैत्र १८ गतेदेखि २४ गतेसम्म आमहडतालमा भएको स्थानीय स्तरमा क्षतीको मुल्याकन गरी क्षतिपुर्तीका लागि गृहमन्त्रालयमा लेखि पठाउने र आजदेखि नै सबै आन्दोलनको कार्यक्रम फिर्ता लिने सहमति पनि भएको छ ।

तपाइँको प्रतिक्रिया ।