महतोले भने–बन्द फिर्ता लिएर प्रचण्ड र गच्छदारले धोका दिए

काठमाडौ, २५ चैत । ३० दलीय मोर्चाका घटक दल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो तीन दिने आमहडताल फिर्ता लिएको प्रति कडा आपति जनाउनुभएको छ ।

rajendra-mahato
उहाँले अब आन्दोलनका लागि मधेशी मोर्चालाई अलग ढंगबाट सोच्ने आवश्यकता आएको बताउनुभयो । आन्दोल सम्बन्धमा काठमाडौ आज संचारकर्मी संग कुरा गर्दै अध्यक्ष महतोले यस्तो बताउनुभएको हो ।
बारम्मबार बन्दको घोषणा गर्नु र फिर्ता लिनुबाट जनतालाई दुःख दिने काम मात्र भएको उहाँले बताउनुभयो । यस्तो बन्दका कारण कार्यकर्ताहरुको मनोवल समेत घटेको उहाँले जानकारी दिनुभयो ।  आन्दोलन उत्कर्षमा पुग्न लागेको समयमा प्रचण्ड र गच्छेदार मिलेर बन्द फिर्ता लिएर अन्य दललाई धोका गरेको आरोप लगाउनुभयो ।
एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले अव्हान गरेको आमहड्तालको चैत २४ र २५ गतेको आन्दोलन फिर्ता लिएको निर्णयप्रति मधेही मोर्चाका अन्य घटक दलले पनि विरोध जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।