कोरियाली प्रायद्विपको पुनःएकीकरणमा दबाब सृजना गर्न युपीएफको शान्ति अभियान ‘थिंक ट्यांक २०२२’ सम्मेलन सम्पन्न

कोरियाली प्रायद्विपको पुनःएकीकरणमा दबाब सृजना गर्न युपीएफको शान्ति अभियान  ‘थिंक ट्यांक २०२२’ सम्मेलन सम्पन्न
कपन अनलाइन
काठमाडौं, माघ २२ ।
युनिभर्सल पिस फेडेरेसनद्वारा आयोजित विश्व शान्ति र कोरियाली प्रायद्विपको पुनः एकीकरण विषायक तीन दिने भर्चुअल सम्मेलन सम्पन्न भएको छ ।  सेमिनारमा ‘थिंक ट्यांक २०२२’ को निरन्तरताको रुपमा भएको थियो भने जसको उद्देश्य सात दशकदेखि विभाजित कोरियाली प्रायद्विपका दुई राष्ट्र उत्तर र दक्षिण कोरियाको एकीकरण र विश्व शान्ति स्थापना गर्नु रहेको छ ।
भर्चुअल सेमिनारमा भाग लिन एसिया प्रशान्त र विश्वभरबाट  लगभग ४,५०० जनाले दर्ता गरेका थिए र सहभागीहरू २,२०,००० भन्दा बढीले लाइभ–स्ट्रिम र सामाजिक संजालबाट  भाग लिएको आयोजकले जनाएको छ । युपीएफले  कोरियाली प्रायद्वीपमा र विश्वमा शान्ति निर्माण को लागि अद्वितीय अभिन्न  रुपमा छ । युपीएफका  संस्थापक, स्वर्गीय  डा. सन म्योङ्ग मुन र उहाँकी धर्मपत्नी  श्रीमती डा.हाक जा हान मुन, दुबै  उत्तर कोरियामा जन्मीएर  दक्षिण कोरिया आउनुभयो र एउटा बहुपक्षीय, वैश्विक शान्ति संजाल  स्थापना गरे जसले १६० राष्ट्रहरूमा कार्यक्रमहरू आयोजना गर्दछ । यूपीएफको अन्तर्राष्ट्रिय मुख्यालय दक्षिण कोरियामा छ । राष्ट्रप्रमुख, सांसद, महिला नेतृ , सबै धर्मका धार्मिक नेतृत्वहरू, मिडिया व्यक्तित्वहरू, व्यवसायिक उद्यमीहरू, एकेडेमीसियन  कलाकारहरू र युवाहरू सबै क्षेत्रमा काम गदै आएको छ ।
मुनले हालसालै यूपीएफको उत्कृष्ट छवि र यसको शान्ति राजदूतहरूको अन्तर्राष्ट्रिय संजालको प्रयोग गरेर कोरियाली प्रायद्वीपलाई पुनर्मिलन गर्न नया प्रयास शुरु गर्नुभएको छ । युपीएफका एसिया प्रशान्त अध्यक्ष एवम्  पुर्वमन्त्री एकनाथ ढकालले “विश्व शान्ति संपूर्ण मानवको सपना हो जातजाति , भाषा , राष्ट्रियता, धर्म र दर्शनको माध्यमबाट विश्व टुक्राटुक्रा भएको हुनाले अबको पुस्ताले यी बिभाजनभन्दा माथी उठ्न सकेको खण्डमा कोरियाली प्रायद्विपको एकीकरण र विश्व शान्ती हाम्रै जिवनकालमा संम्भव रहेको बताए ।
विश्व शान्ती परिवार संघ एसिया प्रशान्त १ का अध्यक्ष  डेमियन डंक्लीले मुनको सपना विश्वमा शान्ती स्थापना गर्नु भएकोले सम्पुर्ण मानवजातिले उहाँको सपना साकार पार्न आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याउनु अपरिहार्य भएको बताए ।
सम्मेलनमा नेपालका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिना, युपिएफका अन्तर्राष्ट्रिय अध्यक्ष डा.थोमस जि. वाल्स, भारतीय  आम आदमि पार्टिका नेता अजय दत लगायतले आफ्नो धारणा प्रस्तुत गरेका थिए । तीन दिने सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञहरु सहभागी थिए । जसमा  सांसद  ,महिला नेत्रीहरू, व्याबसायी,  विश्वासमा आधारित संगठनहरू, नागरिकसमाज , शिक्षाविद , मिडिया  संस्कृति र खेलकुद, साथै युवाहरुको सहभागिता रहेको थियो ।
सम्मेलनमा पूर्व राष्ट्रप्रमुख, प्रथम महिला, संसदका सदस्य र सरकारी मन्त्रीहरू सम्मिलित थिए । सम्मेलनमा ३८ राष्ट्रहरूको प्रतिनिधिहरु सहभागी थिए सम्मेलनलाई आठ भाषाहरूमा एक साथ अनुवाद गरिएको थियो । युपिएफले दक्षिण कोरियाको राजधानी सियोलमा आयोजना गर्न लागेको ’विश्व शिखर सम्मेलन’को पुर्वसन्ध्यामा आयोजना भएको यो समारोहलाई महत्वको साथ हेरिएको छ । कम्बोडियाका प्रधानमन्त्री सामदेक हुनसेन र युएनका पुर्व महासचिव बान कि मुनको समेत सहभागितामा यहि ११–१४ फेबुअरी २०२२ मा दक्षिण कारिएको राजधानी सियोलमा विश्व शिखर सम्मेलन हुँदैछ । आयोजकले उक्त विश्व शिखर सम्मेलनमा दुई लाख मानिसले प्रत्यक्ष सहभागिता जनाउने र दस लाख भन्दा बढिले अनलाइनमार्फत सहभागिता जनाउने आयोजकले बताएका छन् ।
तपाइँको प्रतिक्रिया ।