नेकपा (एकृकित समाजवादी) काठमाण्डौ महानगर-७ को बाँकोट-शान्तिगोरेटो-गोपीकृष्णनगर टोल कमिटी गठन

नेकपा (एकृकित समाजवादी) काठमाण्डौ महानगर-७ को बाँकोट-शान्तिगोरेटो-गोपीकृष्णनगर टोल कमिटी गठन

कपन अनलाइन
काठमाडौं, माघ २२ ।

नेकपा ( एकृकित समाजवादी ) काठमाण्डौ महानगरपालिका वडा नं ७ कमिटीले वडा भित्रका टोल कमिटीमा पार्टी संगठन विस्तार शुरु गरेको छ।

नेपाल कम्युनिस्ट पार्टी ( एकृकित समाजवादी )वडा नं ७ कमिटीले विभिन्न टोल कमिटी गठन गर्ने क्रममा बाँकोट,शान्तिगोरेटो र गोपीकृष्णनगर टोल कमिटी गठन गरेको छ। वडा पार्टी कमिटिका अध्यक्ष क. आशिष श्रेष्ठको अध्यक्षतामा भएको भेलाले सनद श्रेष्ठको अध्यक्षतामा सरिता श्रेष्ठ उपाध्यक्ष, अष्ट श्रेष्ठ (अनिल) सचिब, उपसचिव मधु पोख्रेल र सपना डंगोल रहेको २७ सदस्यीय टोल कमिटी गठन गरेको हो।

नेकपा (एकृकित समाजवादी ) काठमाण्डौ जिल्ला कमिटिका सचिवालय सदस्य एवं काठमाडौं महानगरपालिका ७ वडा समिति अध्यक्ष सुध्द कुमार डंगोलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा जिल्ला कमिटी सदस्य एवं ७ वडा समिति सदस्यदय कृष्णप्रसाद घिमिरे र निर्मला पुडासैनी,जिल्ला सदस्य मिलन खरेल, क्षेत्रिय समन्वय कमिटी क्षेत्र नं४ का उप सचिव सन्तोष तिमिल्सिनाको उपस्थितिमा भएको भेलामा ७ वडा पार्टी कमिटीका सदस्य अमित श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए। ७ वडा पार्टी कमिटीका सचिब मुकुन्द अधिकारीको संचालन गरेको उक्त कमिट गठन कार्यक्रममा ७ वडा उप सचिव अरुण पोख्रेल र  सदस्य संगिता नेपालको उपस्थिति रहेको थियो ।

नव गठित टोल कमिटीका अध्यक्ष सनद श्रेष्ठले आउदो स्थानिय निर्वाचनमा कलम चिन्हका उम्मेदवारहरुलाई जिताउन र टोलमा आईपर्ने टोलबासीका विभिन्न समस्या र टोल बिकासमा आफू र टोल कमिटिका सदस्यहरुलाई लगाउने प्रतिवद्त्ता व्यक्त गरेका थिए।

यो टोल कमिटी गठन संगै वडाका अन्य क्षेत्रमा पनि संगठन विस्तार गर्दै टोल कमिटी गठन गरिने जानकारी दिदै नेकपा ( एकृकित समाजवादी) काठमाण्डौ महानगरपालिका वडा नं ७ कमिटीका अध्यक्ष आशिष श्रेष्ठले नवगठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गरेका थिए।

 

तपाइँको प्रतिक्रिया ।