टाेखा नगरपालिकाको बाल संजाल पुर्नगठन ,को को बने ?

टाेखा नगरपालिकाको बाल संजाल पुर्नगठन ,को को बने ?

कपन अनलाइन
काठमाण्डौ ,माघ २२।

टाेखा नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा आज टाेखा नगरपालिकाको सभा हलमा पालिका स्तरीय नगर बाल संजाल पुर्नगठन सम्पन्न भएको छ।

पुर्नगठन भएको समितिको अध्यक्षमा पुजा तामाङलाई अध्यक्ष चयन गरिएको छ ।त्यस्तै उपाध्यक्षमा दिपेश श्रेष्ठ , सचिवमा सुजल पाण्डे , सह-सचिव आकृती मिश्र , काेषाध्यक्ष मनिष खड्का , सदस्यहरुमा ऐश्वर्य अधिकारी , प्रनिशा श्रेष्ठ ,सरोज लामिछाने र सफला लामिछाने चयन भएका छन् ।संजालमा टाेखा सम्पूर्ण वडाबाट १/१ जना का दरले जम्मा ११ जना बालबालिकाको सकृय सहभागिता सहित पुर्नगठन भएको बाल संजाल समितिको कार्यकाल २ वर्षको अवधी रहनेछ।

सो कार्यक्रममा टाेखा नगरपालिकाका उप प्रमुख तथा टाेखा नगरपालिका स्थानीय बाल अधिकार समितिका संयोजक ज्ञानमाया डंगोलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा नगर उप -प्रमुख ज्ञानमाया डंगोलले समग्र बालबालिकाको हक र अधिकार सुनिश्चिताको लागि पालिका स्तरीय नगर बाल संजाल पुर्नगठन गरिएको बताइन् । साथै उहाँले आफ्नो कार्यकालमा टाेखा नगरपालिकालाई बाल मैत्री घोषणा गर्ने तयारी स्वरुप यो बालबालिकाको अधिकार तथा हकहितको संरक्षण र संवर्द्वनका लागी कार्यविधि बनाएर तिव्र गतिमा अघि बढीरहेकोमा यसै वर्ष टाेखा वडा ४ लाई बाल मैत्री घोषणा गर्न लगभग अधिकांश सुचक पूरा भैसकेको अवस्थामा विश्व ब्यापी फैलिएको काेभिड-१९ को कारणले रोकिएको बताइन् ।

स्थानीय बाल अधिकार गठन पछि समितिको काम कर्तव्य र अधिकार सम्बन्धमा महिला विकास अधिकृत सावित्रा न्यौपाने ले कार्यबिधिमा उल्लेख भएको कार्यक्षेत्राधिकारको जानकारी दिनु भयो।

कार्यक्रममा समितिले बाल संजाल पुर्नगठन सम्बन्धमा बाल संजालको नामाकरण , बाल संजालको कार्ययोजना निर्माण गर्ने सम्बन्धमा बालबालिकाको क्षमता अभिवृद्धि सम्बन्धि कार्यक्रम गर्ने बालश्रम र यौन दुराचार सम्बन्धि कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको थियो ।

नगर बाल संजाल पुर्नगठन भए पछि नयाँ कार्य समितिलाई टाेखा नगरपालिका स्थानीय बाल अधिकार समितिको अध्यक्ष तथा टाेखा नगरपालिकाका उप प्रमुख ज्ञानमाया डंगोलले समितिका पदाधिकारीहरुलाई खादा ओढाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।भने यस  अघि कार्यकाल सफलतापुर्बक सम्हालेका  नगर बाल संजालका पदाधिकारीहरुलाई बिदाइ गरिएको थियो ।

यस पछि भएको टाेखा नगरपालिका स्थानीय बाल अधिकार समितिको बैठकमा चाईल्ड नेपालका अध्यक्ष कृष्ण सुवेदीले टाेखा नगरपालिकामा बालबालिका हक र अधिकार सुनिश्चित गर्न बालगृह निर्माण सम्बन्धमा उहाँले बृहत भनाइ राख्नुभएको थियो ।टाेखा नगरपालिका स्वास्थ्य शाखा प्रमुख रणलाल कुलालले विश्व ब्यापी फैलिएको काेभिड-१९ को बिकराल समयमा बालबालिकालाई काेभिडबाट बच्ने उपाय बारेमा बहस गर्नुभएको थियो । त्यस्तै टाेखा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले अपांग , अशक्त , बेवारिसे बालबालिकालाई उचित संरक्षण , शिक्षाको पहुचमा पहिलो  प्राथमिकता र छात्रवृत्ति सम्बन्धमा ब्यापक धारणा राख्नुभएको थियो ।

महिला तथा बालबालिका अधिकृत निर्मला रेग्मीले संचालन गर्नुभएको नगर बाल संजाल पुर्नगठन कार्यक्रममा टाेखा नगरपालिका उप प्रमुख ज्ञानमाया डंगोल,
महिला तथा बालबालिका शाखा प्रमुख सावित्रा न्यौपाने ,टाेखा नगरपालिका स्वास्थ्य शाखा प्रमुख रणलाल कुलाल,टाेखा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम गौतम , चाईल्ड नेपालका अध्यक्ष कृष्ण सुवेदी,अधिवक्ता  मुकुन्द दाहाल,टाेखा नगरपालिका ११ का वडासदस्य महेश थपलिया ,मिना शर्मा अध्यक्ष inrieow, बाल कल्याण प्रतिनिधि बबिता परियार , युवराज मगर लगायतको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।