बुढानिलकण्ठ -१३ गाम्चाको गणेश मन्दिर पुनर्निर्माणका लागि टिकेस नारायण श्रेष्ठको दुई लाख सहयोग

बुढानिलकण्ठ -१३ गाम्चाको गणेश मन्दिर पुनर्निर्माणका लागि टिकेस नारायण श्रेष्ठको दुई लाख सहयोग

कपन अनलाइन

काठमाण्डौ ,माघ १७।

नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १३ का अध्यक्ष टिकेस नारायण श्रेष्ठले गाम्चाको गणेश मन्दिर पुनर्निर्माणका लागि दुई लाख सहयोग गरेका छन।

वडा नं १३ का धार्मिक सम्पदा र संस्कृति संरक्षणमा सक्रिय रहेका श्रेष्ठले मन्दिर पुनर्निर्माण समितिलाई सो सहयोग रकम हस्तान्तरण गरेका थिए।

वडा नं १३ की सदस्य रिना श्रेष्ठ ,मन्दिर पुनर्निर्माण समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा भएको सहयोग हस्तान्तरणमा समितीले श्रेष्ठलाई धन्यवाद दिदै वडावासीहरुमा सहयोगको आग्रह समेत गरेको छ।

 

तपाइँको प्रतिक्रिया ।