नेपाली कांग्रेस गोकर्णेश्वर ४को बृहत रक्तदान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौँ, मंगसिर १६। गोकर्णेश्वर नगरपालिका वडा नं ४ उत्तरबाहिनी चोकमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भन्ने उदेश्य सहित  नेपाली कांग्रेस काठमाडौँ जिल्ला क्षेत्र नं ३ प्रदेश २ ‘ख’ गोकर्णेश्वर नगरपालिका वडा नं ४ इकाई समितिको आयोजना  र गोकर्ण महिला संजालको सहकार्य तथा कान्तिपुर हस्पिटल प्रालिको प्राबिधिक सहयोगमा   शनिबार बिहान १० बजे देखि २ बजे सम्म सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सुरक्षित तवर बाट संचालित भएको  उक्त रक्तदान कार्यक्रममा  ४५ जना रक्तदाताहरुले रक्तदान गरेकोनेपाली कांग्रेस  गोकर्णेश्वर नगरपालिका वडा नं ४ इकाई समितिका सभापति ज्ञान कुमार श्रेष्ठले कपन अनलाइनलाइ जानकारी गराए।

उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे उप प्रमुख शान्ती नेपाल नेपाली कांग्रेस काठमाडौं जिल्ला क्षेत्र नं ३प्रदेश ख सभापति बिमल ठकुरी   नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, नेपाली कांग्रेस गोकर्णेश्वर नगर सभापति कुमार लामा,  गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा सदस्य जयराम महत,  नेपाली कांग्रेस गोकर्णेश्वर नगरसमितिका सचिव  रमेश रिजाल , गोकर्णेश्वर युवा तथा खेलकुद विकास समितिका संयोजक संजय लामा महाधिवेशन प्रतिनिधि शम्भु अधिकारी  लगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता सहित आयोजक र  स्थानीयको उपस्थिति रहेको थियो ।

छोटो छोटो समयको तयारी तथा अहिलेको प्रतिकुल समयमा  बिभिन्न स्वास्थ्य तथा अन्य कारणले गर्दा जम्मा ४५ जनाले रक्तदान गरेको  बताउदै  रक्तदान गर्न इच्छुक ब्यक्तिले समेत रक्तदान गर्न नसकेको जानकारी गराउदै कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई इकाईको तर्फ बाट धन्यवाद दिदै इकाई सभापति ज्ञानकुमार श्रेष्ठले  आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका छन  ।

तपाइँको प्रतिक्रिया ।