सुरभिको १३३ औँ कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,माघ १६।

माघ १५ गते शनिबार, सुरभि साहित्य प्रतिष्ठानको १३३ औँ कथावाचन कार्यक्रम भर्चुअल रूपमा सम्पन्न भएको छ ।
कोरोनाको ओमिक्रोन भेरियन्टको कहरले ग्रस्त अवस्थामा भौतिक उपस्थितिमा सम्पन्न हुन नसक्ने परिस्थितिका कारण प्रविधि मैत्री कार्यक्रम गरिएको थियो ।
प्रतिष्ठानका सचिव अच्युत घिमिरेको सभापतित्वमा सम्पन्न यस कार्यक्रममा प्रमुख अतिथि रञ्जु खनाल थिइन्   भने अन्य अतिथिहरुमा उर्मिला पन्त, अभिनव साहित्य समाजका कोषाध्यक्ष घनश्याम प्रसाईं आदि रहेका थिए  ।
प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरले सञ्चालन गर्नुभएको कथावाचन कार्यक्रममा उर्मिला पन्त पाण्डेय, शारदा पराजुली, घनश्याम प्रसाईं, परशुराम पराशर, रञ्जु खनाल र अच्युत घिमिरेले कथा वाचन गरेका थिए  । वाचित कथाहरूको समीक्षा सभापति अच्युत घिमिरेले गरेका थिए।
तपाइँको प्रतिक्रिया ।