बुढानिलकण्ठ क्षेत्रमा बस्ने बख्रेल सहित चार जना २९६ कार्टुन विदेसी मदिरा सहित पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,माघ १६।

नेपाल प्रहरीको “अप्रेसन लिमा” अन्तर्गत  पर्सा जिल्ला गादी घर भई बुढानिलकण्ठ एरियामा बस्ने सन्तोष चन्द्र बख्रेल समेतका व्यक्तिहरूले Red Label, Black Label, Absolute Vodka, Chivas Regal लगायतका रक्सीहरू भारतबाट चोरी पैठारी गरी नेपाल ल्याई कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरिएको छ।

माघ अ४  गते उपत्यकाका रामकोट, बानेश्वर, कपन लगायतका विभिन्न स्थानहरूबाट २९६ कार्टुन मदिराहरू सहित सन्तोष चन्द्र बख्रेल समेत ४ जनालाई पक्राउ गरीएको हो ।

पक्राउ पर्नेमा  सन्तोष चन्द्र बख्रेल कपन ,शैलेश पन्त,.कागेश्वरी मनोहरा -०६ , रविन पाख्रिन हांडिगाँउ र  नारायण प्रसाद घिमिरे चावहिल रहेका छन।

रवि भन्ने भारतिय नागरिक र नेपाली नागरिक सन्तोष चन्द्र बख्रेलको योजनामा भारतबाट राजश्व छली गरी विभिन्न ब्राण्डका मदिराहरू विक्रि वितरण गरेको अनुसन्धान बाट खुल्न आएको प्रहरीले जानकारी दिएको छ  ।

सन्तोष चन्द्र बख्रेलले विगत ३ महिना अगावै प्रथम पटक १६०कार्टुन, दोस्रो पटक २०० कार्टुन र तेस्रो पटक ३०० कार्टुन ब्ल्याक लेवल, रेड लेवल, चिभास रिगल र ऐब्सुलेट भोड्का ल्याई गैर कानुनी रुपमा विक्रि वितरण गरेको अनुसन्धानमा खुलेको थियो  । बरामद मदिराको अन्दाजी बजार मुल्य रू. १,५०,००,०००।– (एक करोड पचास लाख) रहेको छ ।

तपाइँको प्रतिक्रिया ।