सनाखत : टुकादेवी पौडेल आचार्य ( लघुकथा )

कपन अनलाइन

काठमाण्डौ ,माघ १५।

म डेरामा बसेर दिउसो काम गर्दै बिहान कलेज पढ्दै थिएँ । बाले घर बोलाउनु भयो । मेरो बिहे निश्चित भएछ । म धेरै रोएँ । बाले सम्झाउँदै भन्नु भयो, ‘छोरी पीर नगर काम केही गर्नुपर्दैन मन लागेको खान लाउककन र चाहे जति पढ्न पाइन्छ ।

सन्तान नभएर रहेछ बिहे गरेका ।’
बाले नियमित फकाउककदा फकाउककदा बिहेको दिन पनि आयो । त्यो दिन मेरो पहिलो सुहागरात थियो। खानपिन सकेर सबै आ–आफ्नो ओछ्यान तताउन गए । मलाई पनि लगियो, सुन्दर झकिझकाउ कोठामा ।

मैले दुलही गहना र लुगा कपडा फेरेँ । सामान्य कपडा लगाएँ । बाथरुम पसेर हात गोडा र मुहार राम्ररी धोएँ । छेउमा झुन्ड्याएको रुमालले पुछेँ । कोठामा आएँ । फेरि पुरै कोठा नियालें। ठुलो पलङ, नयाँ गद्धावाला डसना, नयाँ तन्ना र दुईवटा सिरानी । नजिकै टेबुलमा तामाको जगभरि पानी र दुईवटा गिलास। चारैतिर हेरें । पलङ् पनि झिलिमिलीले सजिएको थियो ।

वयस्क उमेर प्रतिक्षा लामै भयो । मनमा उमंगभन्दा पनि जिज्ञासा उत्पन्न भयो । दुलाहा राजा मेरो नजिक किन आएनन् ? म बाहिर निस्किएँ । पल्लो कोठामा कोही घुक्क घुक्क रोएको आवाज सुनियो । ढोका नजिकै गएर कान थापेर सुनें । एक महिलालाई उनी फकाउककदै थिए –‘दुःख नमान तिम्रो सौताने ग्रह भएर नै कटाउककन मैले बिहे गरेको हुँ । ज्योतिष बाले भनेका अब तिम्रो कोखबाट छोरा जन्मन्छ रे ।’

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।