नयाँ राजा : जीवन दाहाल ( लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,माघ १५।
एक साँझ बस्ती छोडेर भागेको गधा ब्वाँसाहरुको घेरामा प¥यो । जङ्गलमा निस्फिक्रिसँग चरेर जतिसुकै मोटाएको भए पनि कालको जालमा परेको पत्ता पाउनासाथ उ अतालिएर सहारा खोज्दै करायो– ढ्याँचु ऽ ऽ ! ढ्याँचु ऽ ऽ ! ढ्याँचु ऽ ऽ !
घेरा हाल्ने ब्वाँसाहरु मध्येबाट एउटा खाइलाग्दो ब्वाँसो अघि बढ्यो र
भन्यो– ‘न डराइबक्स्योस् गधा महासय, हामी हजुरका गाथमा कुनै हानी नोक्सानी पु¥याउन आएका हैनौं ।’
डराइ डराइ गधाले सोध्यो–‘उसो भए किन घेरा हालेका त ?’
‘राजा बनाउन’–ब्वाँसाले उत्तर दियो र थप्यो–‘हजुर सोझो, इमानदार, कर्तव्य परायण र सात्विक प्राणी होइबस्नु भै राजा हुन योग्य होइबक्सन्छ त्यसैले ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।