गजल : निर्मलरमण पराजुली

गजल : निर्मलरमण पराजुली

कपन अनलाइन

काठमाण्डौ ,माघ १५।

छोरो बुद्ध हरायो, भन्दै रुन्छिन नेपाल आमा
जताततै चित्कार मात्रै, सुन्छिन नेपाल आमा ।

स्वर्गको टुक्रा, हिमाल पहाड र तराइ
शान्ती छाओस भन्दै, देबता छुन्छिन नेपाल आमा ।

सुन्दर शान्त देश, एकता मिलाप सबै
समृद्धि हित सपना, बुन्छिन नेपाल आमा ।

चार जात छत्तिस वर्ण, सुन्दर बगैचामा
हरेक फूलको हृदयमा, हुन्छिन नेपाल आमा ।

काटे रगत रातो, कोख एउटै सन्तानको
हृदय फाट्दा तन भरी, गुन्छिन नेपाल आमा ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।