गजल : इन्द्र कुमार श्रेष्ठ

गजल : इन्द्र कुमार श्रेष्ठ

कपन अनलाइन

काठमाण्डौ ,माघ १५।

हेरियो, यहाँ सधैँ स्वार्थकै लागि मात्र खलबल छ !
राजनीतिक दल यहाँ छैनन् स्वार्थीहरूकै मात्र दलबल छ !

भन्न त जे पनि भन्छन् सुनिदिने हामी भएपछि
तर वास्तवमा यहाँ सधैं सत्ताकै हतार र अलमल छ !

कसको पो देखियो र नीति, सिद्धान्त अनि आदर्श !
सबैले बुझिसके यहाँ किन दलीय अदलबदल छ !

देश, जनता, विकास, समृद्धिका त गरिने कुरा मात्रै हुन् !
मनमा त सधैं जनघाती र राष्ट्रघाती मात्र चाह फल्छ

भएभरका सबै बदनामी बेहोरेर पनि अचम्म !
‘कसरी चुनाव जित्ने !’ अझै पनि, यसकै मात्र पहल छ !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।