सर्पहरु : जनार्दन अधिकारी ‘धड्कन’ (कविता )

सर्पहरु : जनार्दन अधिकारी ‘धड्कन’ (कविता )

कपन अनलाइन

काठमाण्डौ ,माघ १५।

श्रृष्टीकै चक्रमा जन्मेको सर्प
ऊसले मान्छे चिन्छ चिन्दैन
मन्छे त
देख्नासाथ डराउँछ
इर्षालु मन्छेको पूर्जन्ममा
विषको थैली बोकेर
दाँतका पाइपहरूबाट
खोलि दिन्छ मेलम्ची
सर्प सत्रु हो या मान्छे ?
दुबै डराउँछन् एक अर्कामा
अचेल सर्पहरू पनि घरमा वस्छन्
खेत आली
पाखा पखेरा,
खोला, ढाँड, प्वाल,
कतै नभेटेर
घर नै बनाउन थाले सर्पाहरु
उनीहरूको स्वरूप
ठ्याक्कै मान्छे सँग मिल्छ,
घिस्रदैनन्
दुई खुट्टाले टेकेर फोँडा उठाएर हिँड्दैछन् ।
कस्तो अचम्म !?
जुन पसल जान्छु,जुन कार्यालय जान्छु,
म पस्ने सर्प ढोकाबाट निस्कदै गरेको भेट्छु ।
भित्र डसेर निस्केको पो रहेछ ।
छटपटाइ रहेका चिच्याउँदै थिए
तपाई बच्नु है,
कुर्सीमा बस्ने गोमन हो,
उ त्यो फाईल भित्र,
बाहिरबाट आउनेले विष थपेर गएको छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।