गजल : लक्ष्मी ढकाल

कपन अनलाइन

काठमाण्डौ ,माघ १५।

ओठमा अट्ने हाँसो दिनु मनमा ठुलो रहर दिनु
जीवनभरि साथ नछुटोस् विश्वासको घर दिनु ।

कुरा बोकि ल्याउनेलाई नपठाउनु खाली हात
दुश्मन पिरमा हाँस्छन् प्रायः अभावको खबर दिनु ।

लामो हुन्छ सत्य मार्ग कठिन हुन्छ एक्लै हिँड्न
रोक्न सक्छन् झुटा भिडले दाँयाबाँया नजर दिनु ।

आउनसक्छ दुःखको भेल मनको माटो बगाउन
मनलाई पत्थर बनाएर नभत्कियोस् भर दिनु ।

मेरो मायाँ कति लाग्छ हजुर प्रश्न सोध्नुहुन्छ
आफ्नै मायाँ लाग्न छाड्यो के भनेर उत्तर दिनु ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।