अव्यवस्थित केवलका तारहरुका कारण बुढानिलकण्ठमा आगलागी,ठुलो जनधन क्षेतीको सम्भावना…

कपन अनलाइन

काठमाण्डौ ,माघ ४।

अव्यवस्थित केवलका तारहरुका कारण बुढानिलकण्ठका विभिन्न क्षेत्रमा दैनिक जसो  आगलागी भैरहेको छ। बिजुलीका खम्बाहरुमा  व्यवसायिक प्रलोभन हेरेर निकै अव्यवस्थित रुपमा राखिएका यस्ता तारहरुमा आगलागी हुँदा निकै ठुलो जन धनको क्षेती हुने सम्भावना बढेको छ।

गतमहिना मात्र बुढानिलकण्ठ नगरपालिकाका वडा नं २,८,१०,३ सहित विभिन्न चार  स्थानमा आगलागी भएको छ भने अन्य स्थान पनि निकै जोखिमपूर्ण रहेका छन।

नगरपालिकाले पटक पटक सरोकारवाला निकाय संग यसका वारेमा जानकारी गराउदा पनि कुनै चासो र सुनुवाई नभएको नगरपालिकाले बताएको छ।

नगरवासीको ज्यान र धनमा नै खतरा पैदा हुने गरी राखिएका यस्ता अव्यवस्थित तारहरु हटाउन नगरपालिकाले पटक पटक सुचना प्रकासित गर्दा पनि निकै अटेर गरेको बताउदै नगर प्रमुख उद्दव प्रसाद खरेलले अब पनि नटेरेको खण्डमा यस्ता तार आफै हटाउने तयारीमा रहेको जानकारी दिएका छन।

कतिपय केवल कम्पनिहरुले नगरपालिकामा तिर्नु पर्ने कर समेत नतिरी नेपाल विद्युत प्राधिकरणका पोलहरु प्रयोग गरेको गुनासो अहिले नगरपालिकामा परेको एक जनाप्रतिनिधी बताउछन।

यसरि एउटा खम्बामा धेरै गुणस्तरहीन तारहरुको प्रयोग हुँदा यसले निकै ठुलो खतरा पैदा गरेको भन्दै उनले सरोकारवाला पक्षहरुलाई सचेत बन्दै यसको समाधान खोज्न आग्रह गर्दै उनले अन्यथा प्रचलित कानुन अनुसारको कदम चाल्न नगरपालिका बाध्य हुने बताएका छन ।

 

 

 

तपाइँको प्रतिक्रिया ।