आजको मौसम पूर्वानुमान :पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना 

आजको मौसम पूर्वानुमान :पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना 

कपन अनलाइन

काठमाण्डौ ,माघ ४।

आज बिहान प्रदेश १ र मधेश प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना  रहेको छ । तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ ।

आज दिउँसो पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

काठमाडौंमा आज बिहान ६ बजेको तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ । मौसमविद् समिर श्रेष्ठका अनुसार आज काठमाडौंको मौसम बदली हुनेछ भने दिउँसो छिटपुट वर्षा पनि हुनेछ ।

आज राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

तपाइँको प्रतिक्रिया ।