काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई अनेरास्ववियूका विद्यार्थीहरुले कालोमोसो दले

काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई अनेरास्ववियूका विद्यार्थीहरुले कालोमोसो दले

कपन अनलाइन

काठमाण्डौ ,पौष ३०।

काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई माधव नेपाल नेतृत्व पार्टीको भातृसंस्था अनेरास्ववियूका विद्यार्थीहरुले कालोमोसो दलेका छन्। शिक्षमन्त्री देवेन्द्र पौडेलले शुक्रबार आयोजना गरेको छलफलपछि विद्यार्थीहरुले मन्त्रालयको पहिलो तलामा कालोमोसो दलेका हुन्।

 

 

अतिरिक्त शुल्क लिएको भन्दै अध्ययनरत विद्यार्थीहरु लामो समयदेखि आन्दोलनरत छन्। सरकारलाई अटेरी गर्दै अतिरिक्त शुल्क लिएको भन्दै कालोमोसो दलेको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलिले बताए। ‘हामीले कालोमोसो दलेका हौं। उनी मेडिकल माफिया हुन्,’ पराजुलीले भने।

प्रहरीले अनरास्ववियूका उपमहासचिव महेश श्रेष्ठ, स्थायी कमिटी सदस्य अमर पुनलगायतलाई नियन्त्रणमा लिएकोछ । काठमाडौं मेडिकल कलेजले ६ लाखसम्म अतिरक्ति शुल्क लिएको विरोध विद्यार्थीहरु एक महिनादेखि आन्दोलनरत रहेका छन।

तपाइँको प्रतिक्रिया ।