नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८७ जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८७ जना कोरोना संक्रमित थपिए

कपन अनलाइन

काठमाण्डौ ,पौष ३०।

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८७ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार पिसिआर परीक्षणबाट ४ हजार २०४  र एन्टिजेन परीक्षणबाट ८८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा २० हजार ५६० जनामा कोरोना परीक्षण गरिएको थियो।देशभर १८ हजार २ सय  ३५ जना कोरोनाका सक्रिय संक्रमित छन्।

 

तपाइँको प्रतिक्रिया ।