पर्यटनमन्त्री आले चढेको गाडी दुर्घटना

पर्यटनमन्त्री आले चढेको गाडी दुर्घटना

कपन अनलाइन

काठमाण्डौ ,पौष २८ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले सवार गाडी दुर्घटनामा परेकाे छ ।

मंगलबार धनगढीबाट महेन्द्रनगरतर्फ जादै गर्दा आले सवार सुदूरपश्चिमकाे भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयकाे सुप प्र ०१००१ झ ३३३ गाडी विपरीत दिशाबाट आइरहेको बा ४ च १३७७ काे गाडीसँग ठाेक्किदा दुर्घटना भएकाे प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरिक्षक वकिल सिंहले दुर्घटनामा कुनै मानवीय क्षति नभएकाे जानकारी दिए ।

तपाइँको प्रतिक्रिया ।