सार्वभौमिकता, भौगोलिक अखण्डतामाथि आँच पुर्‍याउने गतिविधि तत्काल रोक्न भारतसँग नेकपा एमालेको आग्रह

कपन अनलाइन

काठमाण्डौ ,पौष २७।

नेकपा (एमाले) ले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डतामाथि आँच पुर्‍याउने गतिविधि तत्काल रोक्न भारतसँग आग्रह गरेको छ । एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका छन् ।

विज्ञप्तिमा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालको अभिन्न भूभाग भएको जनाउदै भारतले गरेको बलमिच्याई रोक्न र नेपाली भुभागमा नेपालको व्यबहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न एमाले सरकारसँग माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्छ, सडकलगायत संरचना निर्माण रोकिनुपर्छ, वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुङ्ग्याइनुपर्छ र वार्ताबाट समाधान नखोजिँदासम्म राज्यस्तरबाट कुनै पनि संरचना बनाइनुहुन्न भन्ने नेकपा (एमाले) को अविचलित मान्यता छ” ।

विज्ञप्ति :

Image
तपाइँको प्रतिक्रिया ।