विद्यालय बन्द हैन बन्द गर्ने सिफारिस मात्र हो ..

विद्यालय बन्द हैन बन्द गर्ने सिफारिस मात्र हो ..

कपन अनलाइन

काठमाण्डौ , पौष २६ ।

आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले स्मार्ट लकडाउन सम्बन्धी यसअघिको कार्यविधि फेरि कडाइका साथ लागू गर्ने  निर्णय गरेको छ ।

सो बैठकले विद्यालयहरुलाई माघ १५ गते सम्म बन्द गरेर सो अवधिमा बालबालिकाहरुलाई खोपको व्यवस्था गर्न सिफारिस गरिएको छ। CCMC ले गरेको सिफारिसलाई बन्द गर्ने निर्णय भनेर प्रचार हुँदा अहिले धेरै विद्यालय र विद्यार्थीहरु अन्यौलमा परेका छन।

CCMC ले वार्षिक हिउदे विदालाई मिलान गरेर विद्यालय बन्द गर्ने सुचना जारी गर्नका लागि शिक्षा मन्त्रालयलाई सिफारिस गर्दै १२ देखि १७ वर्षका बालबालिका र सो भन्दा माथिका शिक्षक ,कर्मचारी र विद्यार्थीहरुलाई खोपको व्यवस्था गर्न माग समेत गरेको छ।

 

 

तपाइँको प्रतिक्रिया ।