नागार्जुन-१ रानीवनमा झारफुक गर्ने ‘माता’को विश्वासमा गर्दा एक बालिकाको ज्यान गयो

कपन अनलाइन

काठमाण्डौ , पौष २६ ।

नागार्जुन-१ रानीवन पानी ट्याङ्कीमा  झारफुक गर्ने ‘माता’को विश्वासमा पर्दा एक बालिकाको ज्यान गएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी-२ कि १४ वर्षीय बालिकाको शनिबार मृत्यु  भएको काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी)  दिनेश मैनालीले बताए।

एसपी मैनालीका अनुसार केही महिनादेखि बिरामी रहेकी बालिकालाई उनकी आमाले २२ दिनअघि आफूलाई माता बताउने उमा शाही ठकुरीको नागार्जुन-१ रानीवन पानी ट्याङ्कीनजिकै रहेको झारफुक केन्द्रमा लगेकी थिइन् ।

बालिकाको मृत्यु भएपछि उनकी आमाले झारफुक गर्ने ठकुरीविरुद्ध कर्तव्य ज्यानको कसुरमा उजुरी दिएकी छन् । त्यही आधारमा प्रहरीले शाहीलाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।

प्रहरी उपरीक्षक मैनालीका अनुसार ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ भने बालिकाको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

तपाइँको प्रतिक्रिया ।