नेकपा (एकीकृत समाजवादी) बुढानिलकण्ठ -१३ वडा कमिटी गठन

नेकपा (एकीकृत समाजवादी) बुढानिलकण्ठ -१३ वडा कमिटी गठन

कपन अनलाइन

काठमाण्डौ , पौष २६।

नेकपा (एकीकृत समाजवादी) बुढानिलकण्ठ -१३ वडा कमिटी गठन भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेलमा भएको भेलाले सरोजराज श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय कमिटी गठन गरेको हो।

वडा नं १३ कमिटीको उपाध्यक्षमा रिता बस्नेत र अन्जन श्रेष्ठलाई चयन गरेको सो भेलाले सचिवमा नबिन चौलागाईलाई चयन गरेको छ भने उप सचिवमा दल बहादुर थामी र श्री देवी तामाङ्ग चयन भएका छन।

बागमती प्रदेश कमिटी सदस्य कमरेड बालकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता र वडा इन्चार्ज कमरेड माधवलाल श्रेष्ठको अध्यक्षतामा भएको भेलाले विजय थापा ,रामदास श्रेष्ठ ,अन्जन श्रेष्ठ ,राजन श्रेष्ठ ,साजन श्रेष्ठ ,सानु श्रेष्ठ कृष्णभक्त श्रेष्ठ ,राजेन्द्र केसी ,बिकेस श्रेष्ठ ,दिपक राजलवट,सानु राज श्रेष्ठ र रोसन श्रेष्ठलाई सदस्यमा चयन गरेको छ।

सो भेलामा नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटीका उप सचिव तथा क्षेत्रीय अध्यक्ष धुर्वराज न्यौपाने , जिल्ला सदस्यहरु राजाराम भण्डारी, इन्द्र डंगोल ,क्षेत्रीय सचिव पुरुषोत्तम नेपाल लगायतको उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रिया ।