ग्लोरी बचत तथा ऋण सहकारी संस्थाको नयाँ कार्यसमिति चयन , को को बने ?

ग्लोरी बचत तथा ऋण सहकारी संस्थाको नयाँ कार्यसमिति चयन , को को बने ?

कपन अनलाइन

काठमाण्डौ , पौष २६।

बुढानीलकण्ठ नगरपालिकामा रहेको ग्लोरी बचत तथा ऋण सहकारी संस्थाको १२औं साधारणसभा सम्पन्न भएको छ।संस्था तथा कार्यक्रमका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ।

उक्त साधारणसभाबाट निवर्तमान कोषाध्यक्ष राजकाजी श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समिति गठन गरिएको छ। सो संस्थाको संचालक  समितिको  उपाध्यक्षमा दिनेश थापा, सचिवमा विनय केसी, कोषाध्यक्षमा  केशर ठकुरी तथा सदस्यहरुमा गौराज श्रेष्ठ, नवराज श्रेष्ठ र लक्ष्मीदास श्रेष्ठ रनिर्वाचित भएका छन ।

त्यस्तै लेखा समितिमा राजेन्द्र श्रेष्ठको संयोजनमा रामकाजी श्रेष्ठ र रामलाल श्रेष्ठ सदस्य रहेका छन्। ऋण समितिमा खेमराज घिमिरेको संयोजनमा राजेश पौडेल र नवराज थापा सदस्य रहेका छन्। शिक्षा समितिमा जीत श्रेष्ठको संयोजनमा गोपाल भण्डारी र प्रेमराज घोरासैनी सदस्य रहेका छन्।

हिमालयन ईङ्ग्लिस स्कुलको प्राङ्गणमा आयोजित सं साधारणसभाको  प्रमुख अतिथिका  नगरपालिका सहकारी विभाग प्रमुख गीता ठगुन्ना रहेकी थिइन्।

 

तपाइँको प्रतिक्रिया ।