आमा :सगुण श्रेष्ठ ( कविता )

आमा :सगुण श्रेष्ठ ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,पौष १४ ।

आमा रित हो गीत हो ।
हाम्रो जीवनको प्रीत हो ।
आमा ढुकढुकि हो स्पन्दन हो
हामीले तिलक गरने चन्दन हो ।
आमा जीवन हो प्राण हो
अनुहारमा आउने मुस्कान हो ।
आमा सुगन्ध हो सुबास हो ।
हामीले सदा चाहाने आभाष हो ।
आमा आंशिष हो पेरणा हो
जीवन उर्जाबान बनाउनी प्रयास हो ।
आमा दुख कष्ट पिडा एकलै बोकी ।
हाम्रो निम्ती कहिलेई नथाक्ने प्रयास हो ।
तेसैले आमा ।
कल्ले के दिन सकछर हजुरलाई ।
जब शिरी नै हजुरको पाउमा छ ।
धिक्कार हुन्छ तिनका जीवन ।
जसलाई आमाले सरापा ।
त र ।
शन्तानको खुशिमा मात्र रमाउनी ।
माया हजुरको अपरम्पार छ ।
भाग्यमानी हुन्छ तिनका जविन ।
जसले आमाको चरणमा शिर झुकाउछ ।
आमाममि हजुरलाई जन्म दिनको धेरै धेरै शुभकामना

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।