शुभकामना : कनक पुष्पिका रावल ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,पौष १४ ।

आज जन्म दिन हो हजुरको देबी हो हजुर हाम्रो
ख्याल राख्नुहुन्छ सबैको सोच्नु हुन्छ सबैको राम्रो ।
प्रार्थना गर्नु हुन्छ भगवानसंग सबैको राम्रो होस ऊनी ।
गर्न सकिदैन हजुरको बयान यि दंश औलामा गनी ।

सबैजना साथमा नभएर होला कस्तो नरमाईलो लाग्छ ।
हजुरको त्यों मुहार सम्झदा दुख कष्ट पिडा भाग्छ ।
हजुरको त्यो न्यानो अगालो र मिठा गफ सुन्न नपाएर ।
आँखा रसाउछ ममि हजुरको याद आएर ।

मायाको असल अर्थ बुझे मैले हजुरले गरेको देखेर ।
जति टाँडा सात समुन्द्र पार भएपनि छेकिदैन रैछ छेकेर ।
सुर्यले उज्यालो र न्यानो छरेझै हजुर सुर्य हो हाम्रो लागी
जानी नजानि गल्ती भए दुई हात जोड़ी माग्छु माफी ।

भन्न चाहान्छु ममि पुरा हवस हजुरको सबै मनोकामना ।
ममि हजुरलाई जन्म दिनको शुभकामना शुभकामना ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।