बुढानिलकण्ठ -८ मा जनहित सेवा समाजको भवन उद्घाटन तथा जेष्ठ नागरिक सम्मान हुने

कपन अनलाइन

काठमाण्डौ ,पौष १६ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं   ८ मा जनहित सेवा समाजको भवन उद्घाटन तथा जेष्ठ नागरिक सम्मान हुने भएको छ। संविधान सभा सदस्य तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा सनिवार बिहान ९ बजे हुने सो कार्यक्रममा स्वास्थ्य सिविर समेत संचालन हुनेछ।

वडा नं ८ को गोल्फुटारमा हुने सो कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण वडावासीहरुमा उपस्थितिका लागि  आयोजकले अनुरोध गरेको छ।

 

 

 

तपाइँको प्रतिक्रिया ।