Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/12/DSC_2861-1024x678.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/12/DSC_2860-1024x678.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/12/DSC_2879-1024x678.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

ग्यास बिक्रेता संघ काठमाडौंको आठौँ साधारण सभा सम्पन्न

कपन अनलाइन

काठमाडौँ, पौष १६ । ग्यास बिक्रेता महासंघ अन्तर्गत ग्यास बिक्रेता संघ काठमाडौंको आठौसाधारण सभा सम्पन्न भएको छ। बिहिबार चाबहिल स्थित जुम क्याफेमा ग्यास बिक्रेता संघ काठमाडौंका अध्यक्ष राम शरण पुडासैनीको अध्यक्षता भएको उक्त साधारण सभामा प्रमुख अतिथिको रुपमा बागमती प्रदेश उद्योग बाणिज्य तथा आपूर्ति राज्य मन्त्री रजनी अमात्य जोन्छे रहेकी थिइन् भने बिशेष अतिथिको रुपमा एल पी ग्यास उद्योग संघका अध्यक्ष कुश मल्ली ग्यास बिक्रेता महासंघ नेपालका अध्यक्ष ज्ञानेश्वर अर्याल,चेम्बर अफ कमर्स का सदस्य एवं प्रचार प्रसार समिति का सभापति सन्तोष पाण्डे,ग्यास उद्योग संघका संस्थापक अध्यक्ष हरि पाठक  ग्यास बिक्रेता महासंघ नेपालक बरिष्ठ उपाध्यक्ष  बिष्णु प्रसाद दुलाल,ग्यास बिक्रेता महासंघ नेपाल अन्तर्गत बागमती प्रदेश अध्यक्ष राधिका महर्जन, उपभोक्ता अधिकार अनुसन्धान मंचका अध्यक्ष माधब तिमिल्सिना,ग्यास बिक्रेता महासंघका सल्लाहकार महेश्वर घिमिरे ग्यास बिक्रेता महासंघ नेपालका कोषाध्यक्ष राजेश दाहाल,लगायत ग्यास बिक्रेता संघमा आवद्द पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो।

राष्ट्रियगान संगै शुरु भएको कार्यक्रममा ग्यास बिक्रेता संघका प्रथम उपाध्यक्ष राम कुमार खड्काले स्वागत मन्तब्य राखेका थिए प्रमुख अतिथि बागमती प्रदेश उद्योग बाणिज्य तथा आपूर्ति राज्य मन्त्री रजनी अमात्य जोन्छे पानसमा दिप प्रजवलन सहित उद्घाटन गरेको कार्यक्रममा ग्यास बिक्रेता महासंघ नेपालक बरिष्ठ उपाध्यक्ष चन्द्र बहादुर थापाले अत्यन्तै प्रज्वलन पदार्थ एल.पि. ग्यास प्रयोगमा जनचेतनामूलक कार्यक्रमहरु स्थानिय तह हरुमा हुनु पर्ने मा जोड दिएका थिए भने ग्यास कारोबार/व्यवशाय लाई व्यवस्थित बनाउन बिक्रेता प्रमाणिकरण कार्यक्रम तत्काल अगि बढाउन,विभिन्न शिर्षक हरुमा ग्यास डिलर,डिस्टीव्युटर र उधोगको संचालन खर्चहरु अत्यधिक वढेको कारण वढेको खर्चहरु थेग्ने गरि व्यवस्था मिलाई दिन समेत अनुरोध गरेका थिए।

ग्यास उधोग र विक्रेता/ वितरक विचको आपसी सहकार्य र सुमधुर संबन्धबाट मात्रै ग्यासको विक्रिवितरण प्रणाली सहज हुने हुन्छ,थापा भन्छन् उपभोक्ता भनेको कुनै पनि व्यवशायी को लागि भगवान सरह हुन्छन,उपभोक्ताले खरिद गरिदिनु भए मात्रै व्यवशाय चल्छ अर्थात् उठान विषयहरु ले उपभोक्ता लाई समस्या पर्नु नहुने बताएका थिए ।

कार्यक्रममा ग्यास बिक्रेता महासंघ नेपालका अध्यक्ष ज्ञानेश्वर अर्याल, उपभोक्ता अधिकार अनुसन्धान मंचका अध्यक्ष माधब तिमिल्सिना ,ग्यास बिक्रेता महासंघका सल्लाहकार महेश्वर घिमिरे नेपाल च्याम्बर अफ कमर्स का सन्तोष पाण्डे , ग्यास उद्योग संघका संस्थापक अध्यक्ष हरि पाठक  लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै बागमती प्रदेश उद्योग बाणिज्य तथा आपूर्ति राज्य मन्त्री रजनी अमात्य जोन्छेले समस्याहरुलाइ समाधानको लागि छलफल गरिने बताएकी थिइन। अध्यक्षताको आसन बाट बोल्दै ग्यास बिक्रेता संघ काठमाडौंका अध्यक्ष राम शरण पुडासैनीले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।